August 17, 2017

सरकारको निर्णय खारेज माग गर्दै सिलवाल पुगे फेरि सर्वोच्च

काठमाण्डौ,३० चैत्र । डिआइजी नवराज सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन ।

नेपाल प्रहरीको महानिरीक्षक आइजिपी मा प्रकाश अर्याललाई नियुक्त गरिएकोमा असन्तुष्टि जनाउँदै उनले रिट दर्ता गराएका हुन ।

आइजिपीका दावेदार चार डिआइजीमध्ये वरिष्ठता र कार्यसम्पादनमा आफू सबैभन्दा माथि रहेपनि अर्कैलाई नियुक्त गरिएको दावी गर्दै सरकारको निर्णय खारेजीका लागि आदेश जारी हुनुपर्ने माग सिलवालको छ ।

मन्त्रिपरिषदले सोमबार अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो । अर्याललले सोमबार राति अबेर पदभार सम्हालेका थिय । यो खबर आजको नागरिक दैनिकमा छ ।