August 18, 2017

सरकारको उद्देश्य निर्वाचन गर्नु हो, यसका शंका नगर्नुहोस – कमल थापा

काठमाण्डौ, ३० फाल्गुन । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले सरकारले निर्वाचन गराइ छाड्ने बताएका छन् ।

रिपोर्टस् क्लबले सोमबार काठमाण्डौमा गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको उद्देश्य निर्वाचन गर्नु भएकाले शंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै सरकार निर्वाचनबाट पछाडि नर्फकने उनले प्रस्ट पारे । उनले मधेसका मुद्दालाई सरकारले उचित ढंगले सम्बोधन गर्ने भन्दै निर्वाचनमा जुट्न मधेसी दललाई आग्रह समेत गरेका छन् ।

उनले लोहनीले पार्टी छाड्दैमा कुनै फरक नपर्ने भन्दै आफूले त्यसलाई कुनै महत्व नदिने पनि बताए । २९ गते आईतबार मात्र डा. प्रकाश चन्द्र लोहनीले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । लाेहनीले अध्यक्ष कमल थापाले अधिनायकवादी ढंगले पार्टी चलाउन खोजेको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।