October 20, 2017

समुद्री कछुवाको पेटमा ९ सय बढी सिक्काहरु

काठमाण्डौ, २४ फाल्गुन । थाइल्याण्डको सहर बैंककमा सोमबार ओम्सिन नामको पोथी कछुवाको पेटबाट ९१५ वटा सिक्का निकालिएको छ ।

अत्याधिक तौल बढेर सो कछुवा जीवनमरणको अवस्थामा रहेको थियो । २५ वर्षको कछुवाले समुद्रमा फ्याँकिएको सिक्का निलेको थियो ।

त्यहाँ घुमघाम गर्न आउने पर्यटकहरुले राम्रो भाग्य खोज्नको लागि उक्त समुद्रमा सिक्का फ्याँक्ने गरेका छन् । सिटी स्क्यानबाट उक्त कछुवाको पेटभित्र ५ किलो फलामको पिण्ड पनि भेटिएको थियो ।