August 23, 2017

समाजवादी फोरमका प्रमुख सचेतक यादव भन्छन्, ‘नयाँ शक्तिसँगको एकीकरण प्रक्रिया अन्तिम चरणमा’

काठमाण्डौ, ३१ चैत्र । संघीय समाजवादी फोरमका प्रमुख सचेतक डाक्टर शिवजी यादवले नयाँ शक्तिसँगको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डाक्टर यादवले आफ्नो पार्टीको आगामी केन्द्रीय समिति बैठकले एकीकरणबारे निर्णय गर्ने जानकारी दिए ।

प्रमुख सचेतक यादवले एकीकृत नयाँ पार्टीको नेतृत्व समाजवादी फोरमका अध्यक्ष यादवले गर्ने जानकारी पनि दिए । उनले चुनावमा भाग लिनकै लागि आफनो पार्टीले निर्वाचन आयोगमा दल दर्ता र हस्ताक्षर बुझाएको बताउँदै छिटो भन्दा छिटो मधेशी मोर्चाका माग पूरा गर्न सरकारलाई आग्रह समेत गरे ।

यादवले मोर्चामा आबद्ध दलहरुबीच एकीकरणको चर्चा चले पनि त्यो हाल सम्भव नभएको जानकारी पनि दिए ।