August 23, 2017

समाजवादी पार्टीका नेता तथा मन्त्री गायत्री प्रजापति बलात्कारको आरोपमा पक्राउ

काठमाण्डौ, २ चैत्र । भारतका समाजवादी पार्टीका नेता तथा मन्त्री गायत्री प्रजापति बुधवार बलात्कारको आरोपमा लखनउबाट पक्राउ परेका छन् ।

साथै उनी अखिलेश यादव निकट पनि मानिन्छन् । उनीसँगै रहेका साथीहरुलाई प्रहरीले पक्राउ गरेपनि प्रजापति फेब्रुअरी २७ देखि फरार थिए ।

प्रजापति पक्राउ पर्ने डरले सर्वोच्च अदालतको शरणमा पुगेका थिए तर अदालतले उनीप्रति कुनै राहत दिएन ।

उनी माथि एउटा महिलालाई सामूहिक बलात्कार गरेको र उनै महिलाकी सानी छोरीलाई बलात्कार गर्ने प्रयास गरेको अभियोग पनि छ ।