समाजवादी क्रान्तिकारी आधार तयार गर्न अर्को क्रान्तिकाे अावश्यकता : प्रचण्ड

काठमाण्डौ १० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि सबै एक हुनुपर्ने बताएका छन ।

माओवादी केन्द्रको रोल्पा काठमाडौ सम्पर्क मञ्चले शनिबार काठमाडौमा गरेको सम्मान कार्यक्रममा प्रचण्डले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागी नयाँ क्रान्ति गर्ने बेला आएको समेत बताए ।

उनले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा गरिएको भन्दै पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको बताए ।

मुलुकलाई नयाँ युग र समृद्धि तर्फ लैजान नयाँ ढंगको सघर्ष आवश्यक रहेको र यसका लागी एकता महत्वपूर्ण हुने प्रचण्डकाे भनाई छ ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले पहिचानको लडाईका लागी समाजको रुपान्तरणको आवश्यकता भएकाले एकपल्ट सबै जुट्नुपर्ने बेला आएको उल्लेख गरे ।