July 26, 2017

सभामुख ओनसरी घर्ती संविधानको कार्यान्वयनका लागि गम्भीर

सभामुख ओनसरी घर्तीले संविधानको कार्यान्वयनका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
माघी पर्वका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा सभामुख घर्तीले लामो रस्साकस्सीपछि संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहांले संविधानले सबै क्षेत्र र समुदायलाई समान अधिकार दिएर राज्यको पुनःसंरचना गर्दै आर्थिक समृद्धिको जग बसाउने बाटो स्थापित गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै नयां शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जाति÷जातिबीचको सद्भाव बिथोल्ने काम ठूला दलबाट भए आन्दोलन गर्ने चेतावनी दिनुभयो , कार्यक्रममा थारु समुदायको संस्कृति प्रदर्शन गरिएको थियो ।।।