June 28, 2017

सबै राजनीतिक दल आर्थिक समृद्धि तर्फ केन्द्रीत– मन्त्री जोशी

काठमाण्डौ ४ फाल्गुन । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सबै राजनीतिक दलहरु मुलुकको आर्थिक समृद्धि गर्ने दिशातर्फ केन्द्रित रहेको बताएका छन् ।

फाल्गुन १९ र २० गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनको तयारीका बारेमा बोल्दै मन्त्री जोशीले नेपालमा अबको समय औद्योगिक क्रान्तिको भएकोले पूर्वाधार विकासका साथै उत्पादनमूलक लगानी गरी फाईदा लिन लगानी कर्ताहरुलाई आग्रह गरेका छन् ।

औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनको समसामयिक सुधार तर्फ लागेको मन्त्री जोशीले बताएका छन् । उनले विदेशी लगानी तथा प्रविधि सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भईसकेको बताए ।

निर्माण भएको कानुन छलफलमा रहेको र लगानी सम्मेलन अगावै मन्त्रिपरिषद्बाट स्वीकृत हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।