सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पुरा

पोखरा ५ फाल्गुन । आगामी फागुन ७ गते पोखरामा हुने ११ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । आयोजक नेपाल भुतुपुर्व खेलाडी मञ्च नेपालले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी
दिएको हो । प्रतियोगिताको लागि विहिवार सम्म ४२ किलोमिटर म्याराथन तर्फ ५५ पुरुष र ६ महिलाले नाम दर्ता गराएका छन् भने छात्र÷छात्रा ५ किलोमिटर दौडका लागि ८ सय छात्र र ६ सय छात्राले नाम लेखाएका छन् ।
रन फर फन मा झण्डै १५ सय जनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको सहभागिताका लागि ६ गते शुक्रबार बेलुकी सम्म नाम दर्ता गराउन सकिने आयोजक संस्थाका अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिए ।
प्रतियोगितामा पाँच जना राष्ट्रिय धावक र १० जना भन्दा बढी विदेशी धावक पनि सहभागि हुनेछन् । प्रतियोगिता अन्तर्गत म्याराथन विजेताले ६० हजारसहित पदक तथा प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले ४० र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने सान्त्वना पुरस्कार स्वरुप ४ हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।