
काठमाण्डौ, २४ फाल्गुन । गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी काठमाण्डाै २४ फाल्गुन । सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले बताए ।
प्रमुख जिल्ला अधिकारी तिमल्सिना एक हप्ताअघिमात्र सप्तरी जिल्ला सरुवा भएका थिए । कार्यलयबाट बाहिर निस्केका सीडीओ तिमल्सिनाको गाडीमा समेत मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।