October 18, 2017

सप्तरी झडपमा चार जनाकाे मृत्यू, १५ जना घाइते, तीनकाे अवस्था गम्भिर, एमालेकाे अभियान ३ दिन स्थगित

काठमाण्डौ २३ फाल्गुन । नेकपा एमालेकाे मेची महाकाली अभियान अन्तर्गत राजविराजकाे अामसभा बिथाेल्न सडकमा उत्रेकाे मधेसी माेर्चाका कार्यकर्ता र प्रहरी बिचकाे दाेहाेराे झडपमा  हालसम्म चार जनाकाे मृत्यू भएकाे छ ।

हालसम्म मलेठ गाविस वडा नम्बर २ का रञ्जन मेहत्तो,दिगम्बर यादव र पिताम्बरलाल मण्डल र अानन्द साहकाे मृत्यु भएकाे बताइएकाे छ । चारै जनाकाे गाेली लागेर मृत्यु भएकाे हाे । घटनामा १५ जनालाई गाेली लागेकाे मधेसी माेर्चाका नेताहरुले दाबी गरेका छन  ।  घाइतेहरुकाे धरानस्थित बिपी काेइराला मेमाेरियल स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । गाेली लागि घाइते भएका मध्ये तीन जनाकाे अवस्था ग‌म्भिर रहेकाे बताइएकाे छ ।  घटनाकाे पुरा विवरण अाइनसकेकाे सप्तरी प्रशासनले बताएकाे छ । घटनामा तीन दर्जन सुरक्षाकर्मी पनि घाइते भएका छन ।

मेची महाकाली अभियानकाक्रममा बिहान सुनसरीकाे इनरुवाबाट सप्तरीकाे राजविराजमा पूर्वनिर्धािरत अामसभालाइ सम्बाेधन गर्न एमालेका शीर्ष नेताहरु कार्यकर्ता र प्रहरीकाे सुरक्षा घेरामा राजविराज पुगेका थिए । एमालेकाे अामसभालाइ बिथाेल्ने निर्णय गरेकाे मधेसी माेर्चाका कार्यकर्ताहरुले सप्तरीकाे भारदह देखि राजविराज प्रवेश गर्ने सम्पू्र्ण सडकहरुमा अवराेध उत्पन्न गरेका थिए ।

राजविराजबाट एमालेकाे अभियान टाेली फर्किनस्कदासम्म  दिनभरी नै माेर्चाका कार्यकर्ता र प्रहरीबीच झडपका घटना भएका थिए । स्थानिय प्रशासनले माेर्चाका कार्यकर्ताले प्रहरी माथि पेट्रोल बम प्रहार गरेकाले जवाफी फायरिङ गरेकाे बताएकाे छ । एमालेकाे सभामा सहभागि हुन अाएका मानिसहरुका दुइ दर्जन जति सवारी साधनमा माेर्चाका कार्यकर्ताहरुले अागजनी समेत गरेका छन ।

अाइतबार सुनसरीकाे इटहरीकाे सभा सकेर गाेर्खा डिपार्टमेन्टकाे हलमा बसेकाे एमालेकाे शीर्ष नेताहरुकाे बैठकले राजविराजमा जसरी पनि अामसभा गर्ने निर्णय गरेकाे थियाे भने मधेसी माेर्चाले पनि सप्तरीमा एमालेलाइ कुनै पनि कार्यक्रम गर्न नदिने घाेषणा गरेकाे थियाे । माेर्चाले साेमबार सप्तरी जिल्ला बन्दकाे अाव्हान पनि गरेकाे  थियाे ।

अाजकाे सप्तरीकाे घटनालाइ लिएर सप्तरीकाे रुपनगरमा बसेकाे स्थायी कमिटीकाे बैठकले मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेकाे छ । गम्भीर षडयन्त्रकाे सँकेत देखापरेकाले अभियान स्थगित गर्नु परेकाे एमालेले जनाएकाे छ ।  यसैगरी घटनाका बारेमा छलफल गर्न मधेसी माेर्चाकाे बैठक काठमाण्डाैमा बसिरहेकाे छ ।