June 24, 2017

सप्तरी घटनामा तीन दलको हात : उपेन्द्र यादव

 माेहन बल्ल
भक्तपुर, २५ फाल्गुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन  ।
रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री , गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको बताए ।
मेधशी मोर्चाको आजको बैठकले प्रचण्ड सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको बताउँदै यादवले आजबाट सरकार अल्पमतमा परेको दाबी गरे ।
स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए ।  उनले सप्तरी घटनामा टाउको, र छात्तीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको बताए  ।