सप्तरी घटनामा घाइते भएका इनर यादवको मृत्यु

काठमाण्डौ २७ फाल्गुन । सप्तरी घटनामा घाइते भएका थप एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको जमुनीस्थित मधेपुरा–२ का ३४ वर्षीय इनर यादवको आज उपचारका क्रममा मृत्यु भएको हो । यससंगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

गएको सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानको क्रममा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुदा घटनास्थलमा नै तीन जना र उपचारकाक्रममा एक गरी जम्मा चार जनाको मृत्यु भएको थियो । सरकारले सप्तरी घटनामा मृतकका परिवारलाई जनही १० लाखका दरले क्षतीपूर्ती दिने निर्णय गरिसकेको छ ।