June 23, 2017

सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैँया उपलब्ध गराउने मन्त्रीपरिषद्काे निर्णय

काठमाण्डौ २५ फाल्गुन । सप्तरी घटनाका मृतकका परिवारलाई सरकारले क्षतिपूर्ती स्वरुप १० लाख रुपैँया दिने निर्णय गरेकाे छ ।

मन्त्री परिषद्काे आज बसेकाे बैठकले घटनामा घाइते भएका सबैकाे उपचार खर्च पनि सरकारले नै बेहाेर्ने निर्णय गरेकाे छ । सरकारले वैशाख ३१ गतेका लागि घाेषणा गरेकाे स्थानीय तहकाे निर्वाचन सम्पन्न गरी छाडने निर्णय समेत गरेकाे छ ।

साथै मन्त्री परिषद्ले सप्तरी घटनाकाे सत्यतथ्य विवरण बाहिर ल्याउन छानवीन अायाेग गठन गर्ने निर्णय पनि गरेकाे छ ।