June 26, 2017

सप्तरीमा १ लाख २१ हजार ७ सय बालबालिका पोलियो थोपा खुवाईने

दिनेश शर्मा

राजविराज, २१ फाल्गुन । ‘पोलियो उन्मुलन अभियान २०७३’ अन्तर्गत सप्तरीमा एक लाख २१ हजार ७ सय ५८ जना बालबालिकालाई एकै पटक पोलियो थोपा खुवाईने भएको छ ।

अभियान अन्तर्गत फागुन २१ र २२ गते जन्मेदेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले शुक्रबार अन्तरक्रिया कार्यक्रमा गरी पूर्वाञ्चलका ३ तथा देशभरिका १५ जिल्लामा अभियान संचालन भएको जनाएको छ । वरिष्ठ जनस्वास्थ्य प्रमुख नगेन्द्रप्रसाद चौधरीले ‘पोलियोको उच्च जोखिममा रहेका जिल्लाहरुमध्ये पूर्वाञ्चलको सप्तरी, सुनसरी र सिरहा तथा देशभरिका अन्य १२ वटा जिल्लामा अभियान सञ्चालन भईरहेको जानकारी दिए ।

उनले भने ‘सप्तरीमा १ लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो थोपा खुवाउने गरी सम्पुर्ण तयारी पुरा भएको छ ।’ अभियानका लागि १ हजार ९८ वटा खोपकेन्द्रमा २ हजार १ सय ८२ जना भोलेण्टियर र १ हजार ७८ जना स्वयंसेविका परिचालन गरिएको बताए ।

अभियानको अनुगमनका लागि जिल्लामा १०, पिएचसीमा ५ र गाविसमा २ जना अनुगमनकर्ता कायम गरिएको जानकारी दिए । चौधरीले अभियान सफल पार्न सबैको सहयोगको अपेक्षा गरेको पनि बताए ।