October 23, 2017

सप्तरीमा दुर्घटना, एक जनाकाे मृत्यु

दिनेश शर्मा /राजविराज, ९ वैशाख । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुलीमा शुक्रवार राती ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । कञ्चरुप नगरपालिका २ वस्ने २५ वर्षिया अनिता चौधरीको मृत्यु भएको हो ।
पुर्व जाँदै गरेको ना५ख ८५५९ नम्वरको ट्रकले मे ७ प ७३७ नम्वरको मोटरसाईकललाई कञ्चरुप नगरपालिका–११ स्थित महुली चौकमा ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाईकलको पछाडि सवार चौधरी गम्भिर घाईते भएपछि उपचारका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राती ९ वजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।