सप्तरीमा गाडिको ठक्करबाट एक जनाकाे मृत्यु

दिनेश शर्मा / राजविराज, ९ वैशाख । दुध ढुवानी गर्ने गाडिको ठक्करवाट शनिवार साँझ सप्तरीमा एक ब्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालनी नगरपालिका–१ भलुवाटोलका वार यादवको मृत्यु भएको हो ।
पश्चिम जादै गरेको को१ख ६२०६ नम्वरको गाडीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सोहि नगरपालिका–३ यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।