August 16, 2017

सप्तरीका परीक्षा केन्द्रमा चिट चोराउने ४ निरीक्षक निष्काशित

दिनेश शर्मा / राजविराज, १० चैत्र । विद्यार्थीलाई चिट चोर्न सहयोग गरेको कारण राजविराजको एसईई परीक्षामा ४ निरीक्षकलाई निष्काशन गरिएको छ ।

एसईई परीक्षा अन्तर्गत बिहीबार भएको ऐच्छिक प्रथम विषयको परीक्षामा विद्यार्थीलाई चिट चोर्न सहयोग गरेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको हो ।

जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेका अनुसार राजविराज स्थित केशो अनिरुद्धवती मावि परीक्षा केन्द्रका निरीक्षकहरु राघव मण्डल र राजेश यादव निष्काशित भएका छन् ।

त्यस्तै जनता मावि खुरहुरीया परीक्षा केन्द्रका राजेश कुमार ठाकुर तथा नरवहादुर थापा मावि पकरी परीक्षा केन्द्रका दिपेश कुमार चौधरीलाई कारबाही गरिएको हो ।

जिशिअ पाण्डेकै नेतृत्वमा रहेको परीक्षा अनुगमन टोलीले उनीहरुलाई कारबाही गरी परीक्षा केन्द्रबाट निष्काशन गरेको हो ।

बिहीबारको परीक्षा सप्तरीमा मर्यादापुर्वक सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा यसवर्ष कूल १२ हजार ८ सय ९२ विद्यार्थी एसईई परीक्षामा सहभागि छन् ।