July 24, 2017

सप्तरीका नयाँ प्रजिअमा कृष्णबहादुर कटवाल

काठमाण्डौ, २४ फाल्गुन । सरकारले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना फिर्ता बोलाएर उनको ठाउमा कृष्णबहादुर कटवाललाई पठाएको छ ।

उनी यसअघि अर्घाखाँचीका प्रजिअ हरेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताएका छन् । त्यस्तै प्रहरी प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

मंगलबार बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाएको थियो ।

सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको मन्त्रालयका प्रवक्ता पन्थीले बताए ।