October 24, 2017

सन् २०३५ पछि मुस्लिम बालबालिकाको संख्या विश्वमा सबैभन्दा धेरै हुने

काठमाण्डौ, २५ चैत्र । अमेरिकाको अनुसन्धान केन्द्र ‘प्यु रिसर्च’ ले जनसंख्याको मामलामा नयाँ तथ्य सार्वजनिक गरेको छ ।

उक्त संस्थाको अनुसार, सन् २०३५ देखि विश्वभरि जन्मिने ईसाई बच्चाको तुलनामा मुस्लिम बच्चाहरुको संख्या बढि हुने छ । धेरै मुस्लिम बच्चा जन्मिनुको मुख्य कारण ईसाईहरुको मृत्यु र मुस्लिम युवाहरुको व्यापक रुपमा भएको जनसंख्या वृद्धिलाई लिइएको छ ।

सन् २०६० सम्म मुस्लिम बालबालिकाको संख्या २३.२ करोड र ईसाई बालबालिकाको संख्या २२.६ करोड हुने अध्ययनले देखाएको छ ।