August 19, 2017

सन् २०१८ को विश्वकपका लागि छनोट खेल जारी

काठमाण्डौ, १३ चैत्र । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि भएको छनौट खेलमा स्विट्जरल्याण्ड, पोर्चुगल, फ्रान्स, बुल्गेरिया र स्विडेन विजयी भएका छन् ।

सन् २ हजार १८ को विश्वकप फुटबलका लागि युरोपेली छनौट अन्तर्गत समूह बीको खेलमा स्विट्जरल्याण्ड र पोर्चुगल आ–आफ्ना खेलमा विजयी भएका हुन् ।

स्विट्जरल्याण्डले लात्भियामाथि एक–शुन्यको जित निकालेको हो । स्विट्जरल्याण्डको जितमा एकमात्र गोल ६६ औं मिनेटमा जोसिप ड्रिमिकले गरे ।

उता समूह बी कै अर्को खेलमा पोर्चुगलले हंगेरीलाई तीन–शुन्य गोल अन्तरले पराजित ग¥यो । उसको जितमा आन्द्रे सिल्वाले एक र क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।

युरोपियन क्षेत्र अन्तर्गत विश्वकप छनौट खेलको समूह बीमा स्विट्जरल्याण्ड पहिलो र पोर्चुगल दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै समूह एक अन्तर्गत भएका खेलमा फ्रान्स, बुल्गेरिया र स्विडेन विजयी भएका छन् ।