June 27, 2017

सन् २०१६ सिरियाली बच्चाहरुका लागि घातक वर्षः यूनिसेफ

काठमाण्डौ, ३० फाल्गुन । सन् २०१६ मा सिरियामा सबैभन्दा धेरै बालबालिकाकाे मृत्यू भएकाे संयुक्त राष्ट्र बालबालिका संगठन (यूनिसेफ) ले बताएको छ ।

गृहयुद्धको मारमा परेर यो वर्ष गतवर्षभन्दा २० प्रतिशत बढी बालबालिकाको मृत्यु भएकाे यूनिसेफले जनाएकाे छ ।

मृत्यु भएका ६ सय ५२ बालबालिका मध्ये २ सय ५५ जना विद्यालय वा विद्यालय वरिपरिको क्षेत्रका रहेका छन  ।

यूनिसेफले भन्यो, ‘यो तथ्याङक औपचारिक रुपमा प्रमाणित भएका मृतक बालबालिकाको संख्या हो । यसको अर्थ मर्ने बालबालिकाको संख्या अझ धेरै माथि हुन सक्छ ।’