सन् १९५० को सन्धि पुनरावलाेकन गर्न भारत सहमत

काठमाण्डौ,२४ चैत्र । नेपाल (भारत) प्रबुद्ध समूह (इपिजी) सन १९५० को नेपाल(भारत) मैत्री सन्धि संशोधन गर्न सहमत भएको छ ।

इपिजीको बुधबार काठमाडौंमा सुरु तेस्रो बैठकमा दुवै पक्ष सन्धिमा रहेका सार्वभौम राष्ट्रलाई नसुहाउने बुँदा हटाउन सहमत भएका हुन्  । सन १९५० को सन्धि असमान रहेको भन्नेमा दुवै पक्ष सहमत भए । सार्वभौम राष्ट्रलाई सुहाउने गरी सन्धिमा रहेका असान्दर्भिक प्रावधान हटाई समयानुकूल बनाउन दुवै पक्ष सहमत भएका छन ।

बैठकमा सहभागी एक सदस्यले भने। बैठकको सुरुमा नेपाली पक्षले सन १९५० को सन्धिमा रहेका असमान र असान्दर्भिक बुँदा सूचीबद्धरुपमा प्रस्तुत गरेको थियो । एउटै बैठकबाट सबै कुरा टुंगोमा पुगिँदैन । १९५० को सन्धिभित्रका विषयवस्तुमा सकारात्मक छलफल भएको छन । ति सदस्यले भने । बिहीबारको बैठकमा भारतीय पक्षले १९५० को सन्धि तथा अन्य द्विपक्षीय सम्झौताबारे आफ्नो धारणा राख्ने जनाइएको छ ।

गत असारमा काठमाडौंमा सम्पन्न इपिजीको पहिलो बैठकमा सन १९५० को नेपाल(भारत मैत्री सन्धि छलफलमा प्रवेश गरिएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।