June 27, 2017

महिला संगठनकाे घेरामा सनी लियाेनी

काठमाण्डौं, १९ फाल्गुन । सनी लियोनीको कन्डम र अर्की हिरोइनको गर्भनिरोधक चक्कीको विज्ञापन विवादास्पद भएको छ ।

गोवाको एक महिला संगठन हिन्दु जनजागृति समितिकी महिला शाखा रणरागिनिले सनीको कन्डम र अर्को हिरोइनको गर्भनिरोधक चक्कीको विज्ञापन हटाउन माग गरेकी छिन् ।

‘सार्वजनिक स्थलमा राखिएका यस्ता विज्ञापनले महिलालाई एक वस्तुको रुपमा देखाइन्छ र अरु महिलाले अश्लिलता झेल्नुपर्छ ।’ संगठनले भनेको छ । यसले अर्कै खालको सन्देश दिन्छ जुन विज्ञापनको नकारात्मक पक्ष हो ।

यसबारेमा कयौं महिलाले गुनासो गरेको र यस्ता पोस्टर हटाउन माग गरिएको संगठनले बताएको छ । सरकार किन यस्ता विज्ञापनलाई आउन दिन्छ ? यो प्रश्नमा सरकारी अधिकारी विद्या सेठ तनावडेले यस सम्बन्धमा गृहकार्य गर्ने बताए ।

उनका अनुसार चाँडै नै यसबारे सबै पार्टीलाई नोटिस पठाइने छ । सनी लियोनी म्यानफोर्स कन्डमको ब्रान्ड एम्बेसडर छिन् ।