सनराईज बैंकको शाखा विस्तार

काठमाण्डौ, १६ चैत्र । सनराईज बैंकले बुधबारबाट राजधानीको सितापाइला शाखाबाट विधिवत् रुपमा कारोबार सुरु गरेको छ ।

विशेष कार्यक्रमको बीच राजधानीको सितापाइला शाखाबाट विधिवत् रुपमा कारोबार सुरु गरेको हो । शाखाको उद्घाटन सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले गरे ।

अध्यक्ष दुगडले उपभोक्ताको मागलाई ध्यानमा राखेर आजबाट कारोबार सुरु गरेको र अन्य शाखा सरह यस शाखाले पनि स्तरीय सेवा दिने बताए । उनले सितापाइला शाखा बैंकको ६८ औं शाखा भएको र यसले उपभोक्ताको मागलाई पूरा गर्ने दाबी समेत गरे ।

सनराईज बैंकको हाल चुक्ता पुँजी ५ दशमलब ४५ अर्ब रहेको छ भने ५८ दशमलब ९९ प्रतिशत निक्षेप रहेकाे छ । ५० दशमल ४६ अर्ब कर्जा प्रवाह गरेको यस बैंकको ३ लाख ३५ हजार ग्राहक रहेका छन् ।

बैंकले लकर सुविधामा ५० प्रतिशत छुट दिँदै आएको छ । त्यसैगरी इ–बैंकीङ्ग ,मोबाइल बैंकीङ्ग र सूर्योदय रेमिट सेवा सञ्चालन गर्दै आएको छ ।