October 23, 2017

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप

२७ माघ, काठकाण्डौ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । आयोगको म्याद आजै सकिएको थियो । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक नियुक्तिबारे भने कुनै निर्णय भएन । यस विषयमा आइतबार बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक नियुक्त गर्ने बारे छलफल गरी निर्णय गर्ने तयारी भए पनि नेपाल प्रहरीका महानिरीक्षकको विषयमा सत्तारुढ दलहरुबीच एकमत नभएपछि निर्णय नभएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक उमेर हदका कारण आगामी फागुन २ गते अवकाश पाउँदैछन् ।