June 27, 2017

सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाण्डौ, १८ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् ।

स्थानीय तहको चुनाव र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । अपरान्ह चार बजे बस्ने बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालाई बोलाइएको छ ।

प्रधानमन्त्रीले पछिल्लो पटक स्थानीय चुनावपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका थिए । स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट स्थानीय तह प्रमुख उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको तयारी छ ।

मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान दोहोर्या‌एका छन् ।