November 19, 2017

सत्तारुढ दल र राजपाका नेताहरुबीच बालुवाटारमा छलफल

काठमाण्डौ, ४ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र माअाेवादी केन्द्रले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन ।

यी तिन दलका शीर्ष नेताहरुबीच संविधान संविधान, स्थानीय तह र अन्य निर्वाचन तथा सरकार विस्तारबारे छलफल भइरहेकाे छ। बैठक संविधान संशोधन , मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपू्र्तिलगायत माग पुरा गर्नु पर्ने  विषयमा केन्द्रित रहेकाे राजपाले जनाएकाे छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत छन् । त्यस्तै, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेता सहभागी छन् ।