August 18, 2017

सत्तारुढ दल र मधेशी मोर्चाबीचको मंगलबारका छलफल पनि निष्कर्ष बिहिन

काठमाण्डौ, १७ फाल्गुन । सत्तारुढ दल र मधेशी मोर्चाबीचको छलफल पुनः निष्कर्ष बिहिन भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधनपछि मात्रै निर्वाचनमा जाने मोर्चाको अडानपछि बैठक निष्कर्ष बिहिन भएको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव पास गर्न गणितिय संख्या नपुगेको अवस्थामा स्थानीय तह निर्वाचनमा सहभागी हुने वा नहुने र संविधान संशोधन प्रक्रिया अगाडि बढाउदा प्रस्ताव असफल भए के गर्ने भनी मोर्चालाइ प्रश्न गरेका थिए ।

बैठकमा राप्रपा र फोरम लोकतान्त्रिकसँग पनि छलफल गरेर निर्णय गर्ने सहमति भएको छ ।

यसैबीच, मधेसी मोर्चाले प्रधानमन्त्रीले सोधेका प्रश्नको जवाफ दिन आजै बैठक गर्ने जनाएको छ ।