सत्तारुढ दल राजपालाई निर्वाचनबाट टाढा राख्न खोज्दैछ : प्रदिप ज्ञवाली

भक्तपुर, ९ साउन । सत्तारुढ दलले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा ल्याउन नखोजेको एमाले सचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले  राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए ।
उनले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए ।

उनले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए । तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उनले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गरे । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागी एमाले तयार भएको बताएका हुन् ।