October 23, 2017

सडक विस्तार पीडित संघर्ष समितिको रिले अनशन

 

काठमाण्डौ, २३ चैत्र । काठमाण्डौ उपत्यका विकास प्राधीकरण र सडक विभागले सर्वसाधरण जनताको सम्पत्ति अतिक्रमण गरेको भन्दै सडक विस्तार पीडित संघर्ष समितिले राजधानीमा रिले अनशन सुरु गरेका छन् ।

उनले गैर न्यायिक रुपले सडक बिस्तारको नाममा सर्वसाधारणका घर, टहरा भत्काउने क्रियाकलाप रोक्न माग गर्दै अनशन बसेका हुन् ।

समय नदिई सर्वसाधारणका घर प्रहरी प्रशासन प्रयोग गरेर जबरजस्ती भत्काइएको, सम्पत्तिको हक, आवाससम्बन्धि हकको उल्लंघन गरेको भन्दै अराजकता बन्द नगरेसम्म अनशन जारी रहने बताए ।

अनशनमा काठमाण्डौ, भक्तपुर र ललितपुरका सडक पीडित सहभागी छन् ।