June 27, 2017

सडक विस्तारको नाममा सुकुम्बासी बनाउन लागेको भन्दै बिरोध

काठमाण्डौ, १२ फाल्गुन । काठमाण्डौ उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले सडक विस्तारको बिरोधमा बिहीबार काठमाडौमा र्याली निकालेको छ ।

बिहीबार माइतीघरमन्डलाबाट निकालिएको बिरोध र्याली बिजुलीबजार हुँदै पुनः माइतीघरमन्डलामा पुगेर टुंगिएको थियो ।

सडक विस्तारका कारण आफूहरु बिस्थापित हुनुपरेको भन्दै उनीहरुले उचित क्षतिपूर्तिसहित मुआब्जाको माग गरेका छन् ।

बिरोध र्यालीमा सहभागीले ‘विकासको नाममा सुकुम्बासी बनाउन पाइँदैन’, ‘आवाससम्बन्धी सम्पत्ति हकको सुरक्षा गर’, ‘सर्वोच्च अदातलको आदेश पालना गर’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।