सडक दुर्व्यवहार विरुद्द प्रर्दशन

काठमाण्डौ २६ चैत्र । सडकमा दैनिकजसो महिलाहरुले शारीरिक तथा मौखिकरुपले विभिन्न किसिमका यौन जन्य दुर्व्यवहार भोगिरहेको भन्दै सडक दुर्व्यहार विरुद्धमा चेतना मुलक प्रर्दशन गरिएको छ ।

युथ एड्भोकेसी नेपाल  लगायतका संस्थाहरुले शनिबार काठमाडौको माईतिघरमा प्लेकार्डसहित यौन जन्य दुर्व्यवहारका घटनाको विरोध गरेका हुन् ।

यो समस्यालाई सम्वोधन गर्नका लागि राज्यले केही सिमित कानुनको तर्जुमा गरेको भए पनि कार्यन्वयनको अवस्था फितलो रहेको प्रर्दशनमा सहभागीहरुले जनाएका छन् ।

विभिन्न संघ संस्थासँगको सहकार्यमा युथ एड्भोकेसी नेपालले २०१५ देखी सडक दुर्व्यहार विरुद्धमा चेतना मुलक कार्य गर्दै आएको छ । अहिले विश्वका ३५ वटा भन्दा वढी देशहरुमा सडक दुर्व्यवहार विरुद्ध सप्ताहव्यापी अभियान संचालन पनि भईरहेको छ ।