June 23, 2017

सञ्चार माध्यमले सत्यलाई लुकाएको ट्रम्पको आरोप

 काठमाण्डौं, ८ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः एकपटक संचारमाध्यममाथि खनिएका छन् ।

फ्लोरिडामा आयोजित र्यालीमा आफना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संचारमाध्यमले सत्यलाई लुकाउने गरेको आरोप लगाए ।

उनले मिडियाको आफ्नै एजेण्डा भएकाले त्यसैमा काम गरिरहेको बताए । फ्लोरिडाको मेलबर्नमा आयोजित र्याली एवम् सभामा ट्रम्पको भाषण सुन्न ठूलो भीड लागेको थियो ।

ट्रम्पसंगै उनकी पत्नी मेलानिया पनि फ्लोरिडा पुगेकी थिइन । सर्वसाधारणले उनीहरुको भव्य स्वागत गरेका थिए ।

आफनो भाषणमा राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट आइएसलाई सखाप पार्ने प्रतिबद्धता जनाए । उनले अमेरिकी जनतालाई सुरक्षित राख्न आफू सचेत पनि रहेको बताए ।