October 23, 2017

सञ्चार माध्यमका लागि छुट्टै विभाग आवश्यक : सञ्चारमन्त्री कार्की

काठमाण्डौ,२४ चैत्र । सुचना तथा सञ्चारमन्त्री सुरेन्द« कुमार कार्कीले रेडीयो तथा टेलिभिजनका लागि बेग्लै बिभाग बनाउनुपर्ने बताउनुभएको छ ।

बिहिबार टलिभिजन प्रविधि पत्रकार मञ्चले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले रेडियो तथा टेलिभिजन नियमवनका लागि बेग्लै निकाय हुनुपर्ने बताउनुभयो ।
उहाँले टेलिभिजनको आधुनिकरण डिजिटल टेलिभिजन भएको र ५० भन्दा बढी मुलुकमा टेलिभिजनहरु डिजिटल प्रविधिमा रुपान्तर भइसकेको बताउदै बैशाख १५ गतेबाट महानगर, उपमहानगर र आगामी कार्तिक देखि सबै ठाउमा एनालक बाट डिजिटल प्रविधिमा रुपान्तर हुने बताउनुभयो ।
नेपाल सञ्चार प्रविधिबाट पछाडी हटन नसक्ने बताउदै टेलिभिजन एनालक बाट डिजिटलमा रुपान्तरण हुँदा ग्राहकलाई फाईदा हुने बताउनु भयो