October 19, 2017

सञ्चारकर्मी वैद्यनाथ यादवलाई सम्मान प्रदान

दिनेश शर्मा / राजविराज, १४ चैत्र । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गत फाल्गुन २३ गते प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा जोखिमपुर्ण रिपोर्टिङ्ग गर्ने सप्तरीका एक सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पत्रकार वैद्यनाथ यादव हुन् । एभिन्युज टेलीभिजनमा सम्प्रेशण भएको भिडिओ फुटेजका आधारमा एएनटि–अस्ट्रेलिया (एसोसिएसन अफ नेपाल–तराई ईन अस्ट्रेलिया) नामक संस्थाले सोमबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो ।

पहल नेपाल संस्थाको समन्वयमा एएनटि–अस्ट्रेलियाले यादवलाई नगद २१ हजार र कदर पत्र सहित सम्मान गरेको हो । पत्रकार यादव विगत डेढ दशकदेखि सप्तरीलाई कार्य क्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरका मिडियाहरुमा पत्रकारिता गर्दै आएका छन् ।

पहल नेपालका केन्द्रिय अध्यक्ष सरोज रायले जोखिमपुर्ण अवस्थामा हुँदा हुँदै यादवले गरेको रिपोर्टि उत्कृष्ठ भएको बताए । प्रथम चरणमा यादवलाई सम्मान गरीए पनि एक महिना भित्र अन्य पत्रकारहरुलाई पनि सम्मान गरिने उनले जानकारी दिए ।