July 24, 2017

सगरमाथाको उचाइ कस्ले नाप्ने ?

काठमाण्डौ,८ वैशाख । सगरमाथाको उचाइ मापन सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी गरेको छ ।

सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी थालेको गरेको छ । त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ ।

सगरमाथाको उचाइ संयुक्त रुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भएपनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।