April 26, 2017

संसारको अग्ला जीवित मान्छे ८ फिटभन्दा बढि

काठमाण्डौ, ३० फाल्गुन । टर्कीका नागरिक सुल्तन कोसेन संसारकै सबैभन्दा अग्लो जीवित मानिस हुन् ।

उनले २०११ मा ८ फिट २.८ इन्च अर्थात् २५१ सेन्टिमिटरको साथ संसारकै सबैभन्दा अग्लो मान्छेको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए ।

यसका साथै उनले संसारकै सबैभन्दा लामो हात हुने मान्छेको रुपमा पनि गिनिज बुकमा नाम लेखाएका छन् । उनको हात ११.२ इन्च लामो छ ।

यसअघि संसारकै सबैभन्दा अग्लो जीवित मानिसको रुपमा चीनका सी सुन थिए । सन् २००५ मा उनको उचाइ ७ फिट ८.९५ इन्च थियो ।