October 19, 2017

संसद्कै संरक्षणमा अभियुक्त

काठमाण्डौ,२४ चैत्र । नाकाबन्दीको मौका छोपेर कालोबजारी गर्ने केएल दुगड ग्रुपलगायत ठूला व्यापारीक घरना जोगाउन सरकार र व्यवस्थापिका संसद्ले कानुन नै संशोधन गरेको तथ्य खुलेको छ ।

नाकाबन्दीका बेला खाने तेल लगायत दैनिक उपभोग्य बस्तु बढी मूल्यमा बिक्री गरेको ,अभाव र्सिजना गरेको लगायतको अभियोगमा दुगड ग्रुपलगायत घराना विरुद्व काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएलगत्तै संसद्ले  हतार–हतार कानुन संशोधन गरेर उन्मुत्तिको बाटो खोलिदिएको पाइएको छ ।

संसदको यही संशोधनका कारण जिल्ला अदालतमा मुद्दा खेपिरहेका दुगड ग्रुपका सञ्चालकहरु धरौटिमा रिहा भएका छन । तिन बर्षभन्दा बढी कैद सजाय गरिएको र तत्काल प्राप्त प्रमाणले दोषी देखिएको अवस्थामा मात्र अभियुक्तलाई थुनामा राखेर मुद्दा सुनुवाइ अघि बढाउने बढाउने कानुनी प्राबधान हुन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।