August 17, 2017

संसदमा विद्युत नियमन आयोग गठनसम्बन्धी विधेयक पेस

काठमाण्डौ, २५ चैत्र । व्यवस्थापिका–संसदमा विद्युत नियमन आयोग गठन सम्बन्धी विधेयक पेस भएको छ ।

शुक्रबारको संसद बैठकमा विधेयक पेस गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत बचत होइन, अब खपतमा ध्यान दिनुपर्ने बताए ।

मन्त्री शर्माले कृषि, पर्यटन र अद्यौगिक क्षेत्रको विकास विद्युतबाट मात्र सम्भव भएको बताए । उनले जलविद्युतको क्षेत्र लगानीमा समस्या नभएको पनि बताए ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख तत्काल नियुक्त गर्नुपर्ने, स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।