August 20, 2017

संशोधन विधेयक पारित हुन दिन्नौँ– ओली

काठमाण्डौ, १५ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा संविधान संशोधन विधेयकपारित हुन नदिने बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टीप्रवेस कार्यक्रममा अध्यक्ष ओलीले संशोधन विधेयक राष्ट्रहित विपरित भएको भन्दै कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन् ।

अहिले एमालेमा प्रवेश गर्नेको लहर चलेको भन्दै उनले अबको निर्वाचनमा आफ्नो पार्टीले असाधारण ढंगले जित्ने दाबी समेत गरेका छन् । नेपाली कांग्रेस निर्वाचनसँग डराएको भन्दै अध्यक्ष ओलीले स्ववीयु निर्वाचन देखि सबै तहका निर्वाचनमा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

उनले निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा १ सय ५० जना एमालेमा प्रवेश गरेका थिए ।