June 24, 2017

संशोधन बिधेयकमाथि संशोधन प्रस्ताव दर्ता हुदै

काठमाण्डौ,१४ फाल्गुन । व्यवस्थापिका संसद्को आज बस्ने बैठकमा संविधान संशोधन बिधेयकमाथि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी छ ।

बिधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइएको थियो ।

दुइ दिन लगातार सार्वजनिक बिदा परेपछि संशोधन प्रस्ताव दर्ता गराउने आज अन्तिम दिन हो । संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा कांग्रेस, मधेशी मोर्चा लगायतका दलहरु आन्तरिक छलफलमा जुटेका छन ।

बिपक्षी एमाले, माले, नेमकिपा लगायतका दलहरुले भने बिधेयक राष्ट्रघाती भएको भन्दै संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन । बिपक्षी दलहरुले बिधेयकमाथि छलफल भएपनि पारित हुन नदिने अडान लिएका छन ।