October 22, 2017

संशोधन प्रस्ताव पारित नभएसम्म मधेस केन्द्रित दलहरु निर्वाचनमा सहभागी नहुने

काठमाण्डौ, १३ वैशाख । परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मधेस केन्द्रित दलहरु निर्वाचनमा सहभागी नहुने भएका छन् ।

बुधबार बसेको राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकले परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव पारित नभई निर्वाचनमा सहभागी नहुने निणर्य गरेको हो । त्यस्तै बैठकले पार्टीको चुनाव चिन्ह समेत निर्धारण गरिसकेको राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले जानकारी दिए । बैठकले राष्ट्रिय जनता पार्टीको नाम संशोधन गरेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’ राख्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय जनता पार्टीको नाम पहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।