August 22, 2017

संशोधन प्रस्तावलाई निर्णायार्थ पेश गरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : कमल थापा

काठमाण्डौ ३० फाल्गुन । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्धिविधा र अस्पष्ट नरहेको बताए ।

मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनैपनि परिवर्तन नभएको जिकिर गरे । मन्त्री थापाले मधेश केन्द्रित दलहरुको माग पूरा गर्नको लागि आफू मन्त्री भएको दिनदेखि नै वार्ता तथा छलफललाई अघि बढाईसकेको जानकारी दिए । उनले आफूहरु चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमा सहभागी भएको स्पष्ट पारे
मन्त्री थापाले कुनै नेताकाे पार्टी परित्यागले कुनै फरक नपार्ने  भन्दै डा. प्रकाचन्द्र लोहनीले आफूमाथि लगाएका सबै आरोपहरु कपोकल्पित, असत्य र निराधार भएकाे स्पष्ट पारे ।