October 19, 2017

संशोधन प्रस्तावबारे धारणा तय गर्न मधेशी मोर्चाको बैठक बस्दै

काठमाण्डौं ३० चैत्र । सरकारले संसद् सचिवालयमा दर्ता गरेको नयाँ संविधान संशोधन बिधेयकमाथि धारणा तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।
बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बैठकले सरकारको नयाँ प्रस्तावको बारेमा अध्ययन गरी ठोस धारणा तय गरिने मोर्चाका नेताहरुले बताएका छन ।

सरकारले मोर्चाको माग अनुसार धारा २ सय ७४ को संशोधनसहितको प्रस्ताव दर्ता गराएको हो । यस्तै, प्रदेश सिमाङ्कनका लागि सिमाङ्कन आयोग गठन कुरा पनि प्रस्तावमा उल्लेख छ ।

नागरिकता, भाषा, राष्ट्रिय सभाको प्रतिनिधित्व लगायतका विषयमा भने पुरानै कुरा उल्लेख छन । मोर्चाका नेताहरुले प्रस्ताव पारित हुने सुनिश्चितता समेत प्रदान गर्नुपर्ने बताउदै आएका छन ।