संवैधानिक बाटोबाट राजसंस्था फर्कन सक्छ : थापा

काठमाण्डौ,१० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनताले चाहे संवैधानिक बाटोबाटै राजसंस्था फर्कनसक्ने बताएका छन् ।

झापाको दमकमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताले चाहे गणतन्त्र खारेज हुनसक्ने समेत दावी गरे । ‘राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संविधानले दिएको छ ।

उनले भने, ‘अहिले सबैभन्दा ठूलो शक्ति नै जनता हुन जनताले चाहे संविधानकै उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सम्भव छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।