November 18, 2017

कमल थापा संविधान संशोधनको पक्षमा

काठमाण्डौ, १९ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विषयमा देखिएको विवादको गाँठो फुकाउन सबै लचक हुनुपर्नेमा जोड दिएका छन् ।

सो पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले आन्दोलनरत मधेस केन्द्रीत दलहरुको माग सम्बोधन गरेर चुनावमा जानुपर्ने बताए । संशोधन विधेयकमा धेरैको चित्त नबुझेको उल्लेख गर्दै थापाले यसलाई यथास्थितिमा राख्नुपर्ने समेत बताए । उनले सहमतिको आधारमा सीमांकनको विषमया राजनीतिक प्रतिबद्धता कायम गर्ने र नागरिकता, भाषा र राष्ट्रिय सभाको विषयमा साझा मिलन बिन्दु खोजेर अघि बढ्नुपर्ने बताए ।

उक्त बिषयमा दलहरुबीच गम्भीर छलफल भएर साझा मिलन बिन्दु पहिल्याउन सकिने र विवादको गाँठो फुक्न सक्ने थापाको विश्वास छ ।

यसैबीच राष्टिय प्रजातन्त्र पार्टी संघीय संरचना अनुसार संगठन विस्तारको मुल एजेण्डामा प्रवेश गरेको छ । बिहिबार सुरु केन्द्रीय समिति बैठकमा पुर्नसंरचना आयोगको मोडालिटी अनुसार संगठन विस्तारको कार्ययोजना माथिको छलफल सुरु भएको हो ।

बैठकमा पार्टीको चुनाव चिन्ह, संविधानको दोश्रो संशोधन विधेयक लगायत विषयमा छलफल भएको छ ।