October 24, 2017

संविधान संशोधन भन्दा पनि चुनाव अनिवार्य रहेको झलनाथ खनालको भनाई

काठमाण्डौ, २८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको समयमा संविधान संशोधन भन्दा पनि चुनाव अनिवार्य रहेको बताएका छन् ।

नेकपा एमाले ललितपुर महानगरपालिका २३ नम्बर वडा कमिटिले सोमबार ललितपुरको धापाखेलमा गरेको कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।

संविधान जारी भएपछि मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताउँदै यसको लागि सबै दल संविधान कार्यान्वयनमा जुट्नुपर्नेमा खनालले जोड दिए । खनालले स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै अब सबै दलहरु निर्वाचनको लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले स्थानीय निर्वाचनमा एमालेको विजयी सुनिश्चित रहेको दाबी पनि गरे ।