August 18, 2017

संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारको तयारी

काठमाण्डौ १० फाल्गुन । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
स्थानिय निकायको निर्वाचनको मिति घोषण गरेपछि उत्पन्न बिवाद समाधानको लागि संविधान संशोधन प्रस्ताव अघि बढाउने तयारी थालिएको हो ।
व्यवस्थापिका संसद कार्यव्यवस्था परामर्श समितिको बैठक पछि संचारकर्मीसँग कुरा गदै कानुन मन्त्री अजय शंकर नायकले बुधबारको संसद बैठकमा संविधान संसोधन प्रस्ताव अगाडी बढाउने बताए ।
उनले प्रस्तावलाई प्रमुख प्रतिपक्ष एमालेले साथ दिने विश्वास व्यक्त गरेका छन् । मन्त्री नायकले निर्वाचनमा सबै दललाई सहभागी गराउन पनि संविधान संशोधन प्रस्ताव अघि बढाउन सरकार बाध्य भएको पनि स्पष्ट पारे ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने संविधान संशोधन प्रस्ताव अघि बढाउन नदिने पार्टीको अडान यथावत रहने बताएका छन् ।
उनले संविधान संशोधन प्रस्तावमा अघि सारिएका बुदा राष्ट्रहित बिपरीत रहेकोले अगाडी बढाउन नसकिने स्पष्ट पारे ।
तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले निर्वाचन मोर्चाको माग संबोधन नगरी निर्बाचन हुनै नसक्ने जिकीर गरे । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेश केन्द्रित विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरिसकेको छ ।