June 26, 2017

संविधान संशोधन पछि मात्र निर्वाचन : गृहमन्त्री

काठमाण्डौं, २८ माघ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव टुंगोमा र्पुयाएपछि मात्रै निर्वाचनमा जाने बताउनुभएको छ ।
शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले मधेसी मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने पनि बताउनुभयो ।

उहाँले निर्वाचनका लागि विपक्ष र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकार प्रयासरत रहेको जानकारी दिनुभयो ।

सरकार निर्वाचनका लागि वातावरण बनाउन लागिपरेको उहाको भनाई छ । उहाँले कानूनी राज्यको प्रत्याभूति जनतालाई दिलाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
गृहमन्त्री निधिले शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी गर्नुभयो ।